रुपन्देही — वडाध्यक्ष निर्वाचित भएको विजय जुलुसमा सहभागी चढेको बस दुर्घटना हुँदा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० शंकरापुरमा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

एमालेबाट वडा अध्यक्ष निर्वाचित सूर्जमान यादवको विजय जुलुसमा सहभागी भएका व्यक्ति चढेको सवारी साधन अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ । ‘२५ जना बोकेको सवारीसाधन अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय रपन्देहीका प्रमुख प्रहरी निरीक्षक मनोज केसीले जानकारीले बताए ।

वडाध्यक्ष यादवलाई भने केहि नभएको केसीले बताए । बुधबार दिउँसो लु १ ख ८०७८ नम्बरको पल्टिएको हो । घाइतेहरूको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी जानकारी दिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।