सुनकाे मूल्य बढ्याे, आजकाे मूल्यसहित

काठमाडौँ । कारोबारको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्यमा प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ पुगेको छ। यसअघि, आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ थियो। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ थियो।

तोलामा ५ रुपैयाँ बढेर सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार २८५ रुपैयाँ पुगेको छ। यसअघि, आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार २८० रुपैयाँ थियो।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।