२० जेठ, काठमाडौं । नेपाल आयाल निगमले घरायासी र व्यावसायिक रुपमा प्रयोजन हुने ग्याँस सिलिन्डरको छुट्टा छुट्टै मूल्य निर्धारण गर्न उपसमित गठन गरेको छ । बिहीबार बसेको निगम सञ्चालक समिति बैठकले निगम सञ्चालक समितिका एक सदस्यले नेतृत्व गर्ने गरी उपसमिति गठन गरेको हो ।

उपसमितिको संयोजक तोक्न बाँकी रहेको निगमका नायव कार्यकारी निर्देशक शुसिल भट्टराईले जानकारी दिए । ‘हिजो बसेको सञ्चालक समितिको बैठकले उपसमिति ठगन गरेको छ,’ भट्टराईले भने ‘सबै स्टेक होल्डर सहभागी गराएर दुई थरी सिलिन्डर तोक्ने र त्यसको मूल्य निर्धारणबारे गरी समिति गठन गरिएको छ ।’

भट्टराईकाअनुसार समितिमा ग्याँस व्यवसायी, रेष्टरेन्ट तथा होटल व्यवसायी, गुणस्तर, निगम र सरकारी प्रतिनिधिहरु रहन्छन् । केही दिनमा कार्यदलले पूर्णता पाउने र अध्ययन सुरु हुने निगमले जनाएको छ । दुई थरी सिलिन्डरबारे यस अघि भएका अध्ययन र प्रयोगलाई पनि अध्ययन समितिले पुनः अध्ययन गर्नेछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।