मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज छापावाला सुन तोलामा ६०० रुपैयाँले घट्दै ९७ हजार ५०० रुपैयाँ कायम भएको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ६०० रुपैयाँले नै घट्दै ९७ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा आज तोलामा १५ रुपैयाँले घट्दै आज एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।