Monday, September 28, 2026
22.1 C
Kathmandu
Home समाचार मिटरब्याजी रामदेव साहकी छोरी अनुराधा पक्राउ

मिटरब्याजी रामदेव साहकी छोरी अनुराधा पक्राउ

मिटरब्याजमा रकम लगाई सर्वसाधारण घरबास उठाउने सप्तहरीका मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधा साह तेली पक्राउ परेकी छिन् । ठगी र आपराधिक विश्वासघात मुद्दाका फरार प्रतिवादी अनुराधा साहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा)ले सोमबार पक्राउ गरेको हो ।

महाशाखाका सूचना अधिकारी एसपी दिनेश कुमार आचार्यका अनुसार सप्तरी प्रहरीको अनुरोधमा प्रतिवादी अनुराधा कुमारी साहलाई काठमाडौंको बुद्धनगरबाट पक्राउ गरिएको हो । साविकको खरहनी गाविस वडा नम्बर ५ धनुषाकी ४५ वर्षीय साहलाई जेठ २८ गते प्रहरीले बुद्धनगरबाट पक्राउ गरेको थियो । त्यसलगत्तै जेठ २९ गते साहलाई इलाका प्रहरी कार्यालय, कल्याणपुर सप्तरीमा पठाइएको छ ।

बुवा रामदेव साह तेलीसँग मिलेर अनुराधाले मिटरब्याजमा पैसा दिने र त्यसबापत कैयौं गुणा बढी रकम असुल्ने गरेको प्रहरीमा उजुरी परेको छ । अनुराधाले बुवा रामदेवसँग मिलेर ठगी र आपराधिक विश्वासघात गरेको भन्दै अनुसन्धान प्रयोजनका लागि पक्राउ गरिएको हो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।