आज मंगलबार सुनको भाउमा गिरावट आएको छ । सोमबार तोलाको ९८ हजार ९ सय रुपैयाँमा भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक १८ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार १ सय रुपैयाँमा झरेको छ । आज तेजाबी सुनको भाउ पनि प्रतितोला १८ सय रुपैयाँले नै घटेर ९६ हजार ६ सय रुपैयाँ आईपुगेको छ ।

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार २४५ रुपैयाँमा किनबेच भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८३ हजार २५० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८२ हजार ८२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।