आज पनि घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै हिजो मंगलबारको तुलनामा ६०० रुपैयाँले मूल्य घटेको जानकारी दिएको हो ।

हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ थियो । जुन, आज प्रतितोला ६०० रुपैयाँले घट्दै छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९६ हजार रुपैयाँ छ ।

यसैगरी, आज चाँदीको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै आज बुधबार चाँदीको भाउ प्रतितोला १२ सय ४५ रुपैयाँ छ । हिजो मंगलबार पनि चाँदीको कारोबार मूल्य यही कायम थियो ।