बिहीबार सुनचाँदीको मूल्य बढेको छ । असार २ गते, सुन तोलामा ८०० रुपैयाँले वृद्धि भएको छ । चाँदीको मूल्य पनि आज प्रतितोला २० रुपैयाँले महंगिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यस दिन तेजाबी सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँमा पुगेको छ ।
बुधबार भने सुनको मूल्य तोलामा ६०० रुपैयाँले ओरालो लागेको थियो । त्यस दिन सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँमा झरेको थियो ।
बिहीबार सुनसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ । यस दिन चाँदी तोलामा २० रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार २६५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।
अघिल्लो कारोबार दिन, चाँदीको भाउ स्थिर रहेर प्रतितोला एक हजार २४५ रुपैयाँ कायम रहेको थियो।
Comments