काठमाडौं । शुक्रबार सुनको भाउ ५०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर ९७ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, बिहीबार छापावाल सुन तोलाको ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९६ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो । यता, शुक्रबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १२ सय ६५ रुपैयाँ कायम रहेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।