काठमाडौं । जिल्ला न्यायाधीशलाई दुई करोड घुस खुवाएर व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छाड्ने सेटिङ मिलाउने कानुन व्यवसायी रूद्र पोखरेल एमाले कानुन विभाग सदस्य रहेको खुलेको छ ।

पोखरेल चन्डेश्वर श्रेष्ठ नेतृत्वको नेपाल बार एसोसिएसनमा २०७६ देखि २०७९ सम्म कोषाध्यक्ष थिए। एमाले पार्टीनिकट पोखरेलले वाम कानुन व्यवसायी समूहका तर्फबाट कोषाध्यक्ष जितेका थिए। पोखरेल पाटन बार एसोसिएसनमा २०७०–७३ सम्म अध्यक्ष थिए। उनी एमाले कानुन विभागका सदस्य हुन् ।

पोखरेलको घर भएको गौरादह एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्छ। त्यसैले पनि एमाले अध्यक्ष ओलीसँग उनको राम्रो सम्बन्ध रहेको बतायउको छ। प्रधानमन्त्रीका रूपमा ओलीले संसद विघटन गरेपछि पोखरेलले त्यसका पक्षमा सर्वोच्च अदालतमा बहस गरेका थिए।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।