काठमाडौँ । नेपालमा फेरि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । दुई सातायता कोभिडको संक्रमण दरमा झन्डै तीन गुणाले बढेको छ । गत जेठ २९ मा कोभिड संक्रमण दर (पोजिटिभिटी रेट) ०.५५ प्रतिशत मात्र थियो । दुई सातामै शनिबार त्यो दर १.४९ प्रतिशत पुगेको छ । पछिल्लो पटक असार ६ गते पाजिटिभिटी दर १.१३ प्रतिशत पुगेको थियो ।
संक्रमण दर उकालो लागेसँगै सक्रिय संक्रमितको संख्या पनि बढेको छ । दुई साताअघि (२९ गते जेठमा) १०६ जना सक्रिय संक्रमित रहेकामा शनिबार त्यो संख्या बढेर १८८ पुगेको छ । त्यस्तै सघन उपचार कक्षामा भर्ना हुने कोभिड बिरामीको संख्यासमेत चार पुगेको छ । ६ दिनअघि एक जना मात्र सघन उपचारमा थिए ।
‘दुई सातामा पोजिटिभिटी रेट झन्डै तीन गुणाले बढेको स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएकाे छ ।