कोरोना बिमाको भुक्तानी दिन उच्च अदालतको परमादेश, सरकार अझै आलटालकै पक्षमा

काठमाडौं । कोरोना बिमामा बिमितलाई भुक्तानी दिन उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले परमादेश जारी गरेको छ । कोरोना बिमाबापतको रकम दिन विपक्षी बिमा कम्पनीका नाममा परमादेश जारी गरिएको हो ।

‘परमादेशमा सम्बन्धित बिमा कम्पनीलाई बिमितको रकम भुक्तानी दिन भनिएको छ । बिमा गर्दा कम्पनी र बिमितबीच सम्झौता भएकाले बिमालेख बिक्री गर्ने कम्पनीका नाममा परमादेश जारी भएको हो ।

यसअघि उच्च अदालत विराटनगरले पनि बिमितलाई कोरोना बिमाको दाबी भुक्तानी दिन कम्पनीको नाममा परमादेश जारी गरेको थियो ।

बिमा कम्पनीहरुले सम्झौता अनुसार सरकारले दिनुपर्ने रकम नदिँदा बिमा भुक्तानी दिन नसकेको आरोप लगाउने गरेका छन् । सरकारले भने यो विषयलाई प्राथमिकता दिएको पाइएको छैन ।
बिमा कम्पनीहरु पनि समस्या समाधान गर्नेमा देखिदैन । उच्च आदेशको पुनरावेदनका लागि निर्जीवन बिमा कम्पनीको छातासंगठन बिमक संघ सर्वोच्च अदालत जाने तयारीमा रहेको बताइएको छ ।