काठमााडैं । पोखरामा सडकसँगै घर भासिएको छ । केही दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण महानगरपालिका वडा नम्बर ४ मा सडकसहित एक घर भासिएको हो ।
फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म अगाडिको बाटो करिब १५ मिटर भासिएको हो । सडक वारि र पारि गरेर पूर्णरुपमा भासिएको जनाइएको छ । घरको बाहिरी भाग केही नभएपनि भित्री कोठा भने भासिएको छ । यसअघि पनि पोखराका विभिन्न ठाउँमा सडक भासिँदै आएको छ ।
Comments