Thursday, September 24, 2026
20.1 C
Kathmandu
Home अर्थ खबर नागरिक लगानी कोषद्धारा ३१ प्रतिशत लाभांश घोषणा

नागरिक लगानी कोषद्धारा ३१ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ १.५७८९ प्रतिशत अर्थात ५ करोड १६ लाख ३१ हजार ५७८ रुपैयाँ ९५ पैसा नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

सो लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।