काठमाडौं– साप्ताहिक कारोबारको पाँचौं दिन आज (बिहीबार) सुनको मूल्य ओरालो लागेको छ। बिहीबार चाँदीको मूल्य पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ९०० रुपैयाँ कायम भएको छ।

यस्तै, तेजाबी सुनको मूल्य ९५ हजार ४०० रुपैयाँ प्रतितोला कायम भएको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ९०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य ९५ हजार ४०० रुपैयाँ प्रतितोला कायम भएको छ। यसअघि बुधबार भने छापावाल सुन प्रतितोला ९६ हजार २०० रुपैयाँमा किनबेच भएको थियो। यस्तै, तेजाबी सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।

बिहीबार तोलामा १५ रुपैयाँले घटेर चाँदी प्रतितोला १ हजार १९५ रुपैयाँ कायम भएको छ। यसअघि बुधबार भने चाँदी प्रतितोला १ हजार २१० रुपैयाँमा किनबेच भएको थियो।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।