वषौदेखि हराएको टुकुचा खोला भेटियो, बालेनले बाँकी खोला खोज्न ठूला-ठूला भवन भत्काउँलान् त ?

काठमाडौं । अतिक्रमणको सिकारपछि वर्षौदेखि हराएको टुकुचा खोला फेला परेको छ । काठमाडौंको नारायणहिटी पुतलीसडक हुँदै भृकुटीमण्डप भएर बग्ने टुकुचा फेला परेको हो ।
काठमाडौं महानगरको टोलीले बिहीबार जय नेपाल हलको प्रांगणमा डोजरले खनेर खोला पत्ता लगाएको हो ।
जय नेपाल हलमा टुकुचा फेला परेपनि अन्यत्र कहाँ गायब बनाइएको छ भन्ने अत्तोपत्तो छैन । टुकुचामाथि ठूला भवन तथा व्यापारिक केन्द्र बनाइएको छ ।
महानगरले अब ती ठूला भवनहरु भत्काएर खोला अतिक्रमणमुक्त गराउन के गर्छ भनेर चासोका साथ हेरिएको छ ।

महानगरका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले टुकुचा खोला अतिक्रमणमुक्त गरेर त्यहाँ करिडोर बनाउने बताएका छन् । उनले टुकुचामा पानी बग्न चार मिटर छाडिने र बाँकी दायाँबायाँ चार/चार मिटरको करिडोर बनाउने बताएका छन् । स्वकीय सचिव शाहले पाँच वर्षभित्र यो काम पूरा गरिने जनाउँदै त्यसका लागि ६ अर्ब बजेट रहेको समेत बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।