आज पनि ठूलाे मात्रामा घट्याे सुनकाे मूल्य, मूल्यसहित

शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ । अघिल्लो दिन ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक हजार रुपैयाँले घट्दै ९१ हजार ५०० रुपैयाँमा झरेको हो ।
यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै घट्दै ९१ हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।