Saturday, July 25, 2026
Home समाज कोरोनाको बेला बिरामीलाई दिएको भिटामिन नै गुणस्तरहिन, अहिले आएर बिक्री वितरणमा प्रतिबन्ध

कोरोनाको बेला बिरामीलाई दिएको भिटामिन नै गुणस्तरहिन, अहिले आएर बिक्री वितरणमा प्रतिबन्ध

काठमाडौँ २७ कात्तिक । औषधि व्यवस्था विभागले नेपाली कम्पनीले उत्पादन गरेका छुट्टाछुट्टै दुईवटा भिटामिनका औषधिको निश्चित ब्याचलाई बजारबाट फिर्ता गर्न आदेश दिएको छ । रुपन्देहीस्थित बायोगेन रिमेडिज प्रालिले उत्पादन गरेको ‘बायोकल–डि’ को ब्याच नं ‘बिडि२१०४’ र काठमाडौंस्थित लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ‘अस्भिट’ ब्याच नं ‘एएस२१२१’ ट्याबलेटको गुणस्तर परिक्षा सन्तोषजनक नभएको बताउँदै विभागले बजारबाट फिर्ता गर्न भनेको हो ।

जुन भिटामिन कोरानोका बेला बिरामीलाई दिने गरेको थियो । सोही भिटामिनलाई विभागले अहिले आएर गुणस्तर परिक्षा सन्तोषजनक नभएको भन्दै बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो ।

विभागले सो ब्याचको औषधिको बिक्री वितरणमा समेत रोक लगाएको छ । आइतबार सूचना जारी गर्दै बजार अनुगमनको क्रममा ती औषधिको नमुना परीक्षण गर्दा न्यून गुणस्तर भएको जनाएको हो । तर, यी औषधिहरु कोभिडको समयमा व्यापक प्रयोग भएका थिए ।

विभागले यी औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोगसमेत नगर्नरनगराउन अनुरोध गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।