कोरोनाको बेला बिरामीलाई दिएको भिटामिन नै गुणस्तरहिन, अहिले आएर बिक्री वितरणमा प्रतिबन्ध

काठमाडौँ २७ कात्तिक । औषधि व्यवस्था विभागले नेपाली कम्पनीले उत्पादन गरेका छुट्टाछुट्टै दुईवटा भिटामिनका औषधिको निश्चित ब्याचलाई बजारबाट फिर्ता गर्न आदेश दिएको छ । रुपन्देहीस्थित बायोगेन रिमेडिज प्रालिले उत्पादन गरेको ‘बायोकल–डि’ को ब्याच नं ‘बिडि२१०४’ र काठमाडौंस्थित लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ‘अस्भिट’ ब्याच नं ‘एएस२१२१’ ट्याबलेटको गुणस्तर परिक्षा सन्तोषजनक नभएको बताउँदै विभागले बजारबाट फिर्ता गर्न भनेको हो ।

जुन भिटामिन कोरानोका बेला बिरामीलाई दिने गरेको थियो । सोही भिटामिनलाई विभागले अहिले आएर गुणस्तर परिक्षा सन्तोषजनक नभएको भन्दै बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो ।

विभागले सो ब्याचको औषधिको बिक्री वितरणमा समेत रोक लगाएको छ । आइतबार सूचना जारी गर्दै बजार अनुगमनको क्रममा ती औषधिको नमुना परीक्षण गर्दा न्यून गुणस्तर भएको जनाएको हो । तर, यी औषधिहरु कोभिडको समयमा व्यापक प्रयोग भएका थिए ।

विभागले यी औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोगसमेत नगर्नरनगराउन अनुरोध गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।