खोटाङ ३० कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङ्सिर ४ गते हुने चुनाव प्रतिनिधिसभा र प्रदेशसभाको लागि मात्रै प्रतिस्पर्धा नभएर वर्तमान व्यवस्था चाहने र नचाहेबीचको प्रतिस्पर्धा भएको बताएका छन् ।

बुधबार वाम लोकतान्त्रिक गठबन्धनले दिक्तेलमा आयोजना गरेको कार्यक्रममा दाहालले गणतन्त्र, संघीयता, समावेशी लगायत व्यवस्था जोगाउने र ढाल्ने शक्तिबीचको चुनाव भएको बताएका हुन् ।

‘मङ्सिर ४ गते दुइटै गठबन्धन बीचमा जनमत संग्रहको रुपमा चुनाव हुँदैछ,’ दाहालले भने ‘देशभर सत्ता गठबन्धनको पक्षमा जनलहर देखा परिसकेको छ, यहाँ पनि अपार उपस्थितिले गठबन्धनका उम्मेदवारको विजयलाई सुनिश्चित गरिसक्नुभएको छ ।’

खोटाङको विकास र समृद्धिका निम्ति गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका रामकुमार राई, खोटाङ १ का उम्मेदवार वीरबलकाजी राई र खोटाङ २ का उम्मेदवार भूपेन्द्र राईलाई विजयी गराउन नेता दाहालले आग्रह गरे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।