Tuesday, September 22, 2026
27.1 C
Kathmandu
Home मुख्य समाचार दाङ–२ मा रोचक भिडन्त: एमाले महासचिव पोखरेलमाथि रेखाको पल्लाभारी

दाङ–२ मा रोचक भिडन्त: एमाले महासचिव पोखरेलमाथि रेखाको पल्लाभारी

काठमाडौं ३० कात्तिक । हेभिवेटका एमाले महासचिव शंकर पोखरेल दाङ २ मा पराजयको अवस्थामा पुगेका छन् । पोखरेल बाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार नेकपा माओवादी नेतृ तथा पूर्वमन्त्री रेखा शर्मासँग उनी पराजयको अवस्थामा पुगेका हुन् ।

निर्वाचन नजिकिदैं जाँदा पोखरेलको ग्राफ घट्दो रहेको छ भने शर्माले दिनदिनै ग्राफ बढाउँदै लगेको पाइएको छ । चुनावी माहौंल आफूतिर तानिदाँ शर्मा थप उत्साहित समेत बनेको पाइएको छ ।

सेतोपाटी डटकमले हालै गरेको स्थलगत रिपोर्टका आधारमा पनि रेखा शंकर भन्दा अगाडी छिन् । स्मरण रहोस् सेतोपाटीले स्थानीय तहको निर्वाचनमा गरेको प्रक्षेपण अधिकांश मेल खाएको थियो ।

सेतोाटीले दाङको बंगलाचुली गाउँपालिका, तुलसीपुर उपमहानगरपालिकाका-१६, १७, १८ र १९ का वडा र घोराही उपमहानगरपालिकाको यो निर्वाचन क्षेत्रमा पर्ने सबैजसो वडामा पुगेर २ सय ५९ मतदातासँग कुरा गरेर रिपाेर्ट तयार गरेको थियो ।

तीमध्ये सबभन्दा धेरै, अर्थात ७३ जना (२८ प्रतिशत) मतदाताले सत्ता गठबन्धनकी उम्मेदवार रेखा शर्मालाई रोज्ने बताएका छन् । त्यस्तै ७१ जनाले (२७ प्रतिशत) नेकपा एमालेका उम्मेदवार शंकर पोखरेललाई प्रतिनिधि सभाको सांसदका लागि मत दिने बताएका छन्।

राजनीतिक शक्ति सन्तुलनका आधारमा हेर्ने हो भने नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दाङमा हाराहारीको शक्ति देखिन्छन्। २०७४ सालमा समानुपातिकतर्फ एमालेले २२ हजार ८ सय ६९ मत र कांग्रेसले २२ हजार ९२ मत पाएका थिए। त्यस्तै माओवादीले अलिकति थोरै, १७ हजार ५ सय ८४ मत ल्याएको थियो। २०७४ को निर्वाचनमा ६९ हजार ४ सय ८५ मत खस्दा वाम गठबन्धनका उम्मेदवार कृष्णबहादुर महराले ४० हजार ४२ मत ल्याएर विजयी भएका थिए। अर्थात दुई शक्ति एक ठाउँमा आउनेबित्तिकै नतिजा त्यतातर्फ ढल्किएको विगतको इतिहास छ। यसपटक पनि हाराहारीका दुई पार्टी कांग्रेस र माओवादी गठबन्धन बनाएर निर्वाचनमा छन्।

मन्त्री हुँदा आफूले इमान्दार र स्वच्छ छविका साथ जिम्मेवारी पूरा गरेकाले पनि यो पटक दाङ २ मा आफ्नो जित हुने शर्माको दाबी छ । आफूले परिवर्तन र विकासको एजेण्डा बोकेकाले पनि जनताको माया पाउने उनी बताउँछिन् । पोखरेलले पनि आफ्नो जितको दाबी गरेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।