मनाङ । मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गरेका हुन् । उनी मनाङबाट दोस्रोपटक निर्वाचित भएका हुन् । ०७० मा संविधानसभा सदस्य बनेका उनी त्यसबेला श्रम तथा रोजगार राज्यमन्त्रीसमेत भएका थिए ।
उनले २ हजार ५७५ मत पाउँदा एमालेका पोल्देन छोपाङले २ हजार २४७ मत पाएका छन् । ०७४ मा भने यहाँबाट एमालेका गुरुङ विजयी भएका थिए । त्यसबेला एमाले र माओवादी केन्द्रबीच गठबन्धन थियो । तर यसपटक भने माओवादी केन्द्रसँगको गठबन्धनमा कांग्रेसका टेकबहादुरले अघिल्लो पटकको बदला लिएका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्या गुरुङले ५ मत पाएका छन् ।

०७४ मा एमालेका गुरुङले २३ सय मतसहित चुनाव जितेका थिए भने कांग्रेसका टेकबहादुर २०२१ मत पाएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।