महानगरले डोजर चलाएको विरोधमा सुकुम्वासीद्वारा प्रदर्शन

काठमाडौँ । काठमाडौँ महानगरले थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाउन खोजेपछि सुकुम्बासीहरुले विरोध प्रदर्शन गरेका छन् ।

महानगरको टोलीले सोमबार डोजरसहित सुकुम्बासी पुग्दा हिजो सो क्षेत्र तनावग्रस्त बनेको थियो। महानगरको टोलीविरुद्ध स्थानीय प्रतिकारमा उत्रेपछि नगर प्रहरी प्रमुख राजु पाण्डेसहित १८ जना नगर प्रहरीहरू घाइते बनेका थिए ।

आफ्नो वासस्थान हटाउने कदमविरुद्ध सुकुम्वासीहरू आन्दोलित बनेका छन् । मंगलबार बिहानैदेखि उनीहरूले विरोध प्रदर्शन गरेका छन् । संविधानको धारा ३८ को आवासको हक कार्यान्वयन गर्नुपर्ने उनीहरूले माग गरेका छन् । बसोबासको आधारमा लालपुर्जा वितरण गर्नुपर्ने उनीहरूको भनाई रहेको छ ।