कठमाडौं । कांग्रेस संसदीय दलको निर्वाचनमा भारी मत प्राप्त गर्दै प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा निर्वाचित भएक छन् । उनले झन्डै ७२ प्रतिशत मत पाएका छन् । संसदीय दलको निर्वाचनमा निकटतम् प्रतिस्पर्धी महामन्त्री गगन कुमार थापाले २८।०८ प्रतिशत मत पाउँदा देउवाले ७१.९१ प्रतिशत मत पाएका हुन् ।
प्राप्त मतपरिणामले देउवा पार्टीका साथै संसदीय दलमा अत्यधिक बहुमतमा रहेको पुनः पुष्टि भएको छ । पार्टीको १४ औं महाधिवेशनबाट देउवा भारी बहुमतका साथ विजयी भएका थिए । मंगलबार भएको संसदीय दलको निर्वाचनमा कुल ८९ मत खसेकामा देउवाले ६४ तथा थापाले २५ मत प्राप्त गरे । यससँगै निर्वाचन समितिले देउवालाई विजयी घोषणा गरेको छ ।
Comments







