बिनोद त्रिपाठी
बेलायतमा ऋषि सुनक प्रधानमन्त्री भए । त्यहाँ उनका कार्यकर्ता र समर्थकले फुल बोकेर कार्यकक्षमा भीड गरेनन् । अमेरिकामा बाराक ओबामा राष्ट्रपति हुँदा उनिले सचिवालयका सदस्यहरु बाहेकको स्वागत ग्रहण गरेनन् ।

तर यो नेपाल र भारतमा के हुन्छ, प्रधानमन्त्री मन्त्री हुने बित्तिकै बधाई दिनेको ओइरो लाग्छ ! अचम्म छ, सामाजिक रुपमा पिछडिएका यी मुलुकको ताल ! बधाई दिन पुग्ने उस्तै, बधाई लिन रौसिने झन उस्तै ! कार्यकक्षमा पुगेर तनक्क तन्किंदै फोटो खिच्ने अनि आफैं शक्ति आर्जन गरे झैं फोटो सार्बजनिक गर्ने पनि एक हीनभावना पोखिएको सचित्र मात्र हो ।

राजनीतिमा चुनिएर प्रधानमन्त्री वा मन्त्री हुनु भनेको कुनै सृजनात्मकबाट विजयी भए जस्तो बुकी फुल बोकेर जानू आवस्यक हुँदैन । यो त केवल जिम्मेवारी कतिको पूरा गर्न सक्छ अनि कतिको ईमान्दार भएर काम गर्छ त्यसको आधारमा कार्यकालको अन्ततिर मात्र मुल्यांकनको आधारमा बधाई दिन कार्यकक्षमा पुग्ने हो ।

लौ ठिकै छ, आफ्नो नेताले जित्यो, मन्त्री अनि के के भयो, बधाई दिन मन लाग्ला । त्यसको पनि ठुला ठुला बिक्ल्प छन् । अहिले सामाजिक संजाल वा प्रबिधिको जमाना छ, यसैबाट बधाईका दुई शव्द दिंदा हुन्छ । कार्यकक्षमा भीड बढाएर बधाई दिन जानू, फोटो सेसन गर्नु भनेको विहारका पुर्व मुख्यमन्त्री लालुप्रसाद यादवको हावादारी राजनीतिको अभ्यास हुनु मात्र हो ।

तपाईं कसैलाई संकट पर्दा भेट्नै जानुस । कोहि कठघरामा छ भने झन दिनरात पहरा दिनुस । दुखमा तपाईंले जति भेट्नुहुन्छ उसलाई उति सकारात्मक उर्जा भरिन्छ । सुखमा बुकी फुल बोकेर जाने भन्दा दुख पर्दा सुखी शब्द लिएर जाने असली समर्थक हुन् । मैले आजसम्म कोहि सांसद वा प्रधानमन्त्री वा मन्त्री हुने बित्तिकै कसैलाई भेट्न गएको उदाहरण छैन । यी सबै पात्रहरु भेट्न र नजिक हुन मेरो लागि त अति सजिलो काम हो र छ ।

तर तिनै व्यक्तिलाई मैले पटक पटक भेटेको छु , जतिबेला उनिहरु संकटमा थिए । उनिहरुलाइ दुख पर्दा मैले सकेको उर्जा भरिदिएको छु, फोटो खिचेर जनतामा सकारात्मक संचार गरिदिएको छु । तर पनि म यी टोपाहरुलाइ काम विशेष बाहेक कहिल्यै भेट्दिन । यिनलाई कष्ट पर्यो भने त म नबोलाए पनि भेट्न पुग्छु । दुखमा साथ दिने मात्र असल सारथि हो ।

सुखमा बुकीको फुल बोक्दै मन्त्री मन्त्रीका कार्यकक्ष चहार्दै जाने र त्यस्ता तमासालाइ सहस्र स्वीकार गर्ने दुबै यो मुलुकका लागि घातक हुन् । यो बर्षौंदेखिको कुरुप परम्पराले हामीलाई अझै कति दरिद्र बनाउने हो !

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।