काठमाडौं । केही दिनअघि उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेले राहदानी विभागको अनुगमन गरे । उनले सेवाग्राहीले राहदानी बनाउन भोगेको सास्तीको समस्या बोकेर त्यहाँ पुगेका थिए ।
विभागका अधिकारीहरुलाई उनले निर्देशन समेत दिन भ्याए । गृहमन्त्रीले अनुगमन गरेको हप्तादिन बित्न नपाउँदै सोही राहदानी विभागको काम भने ठप्प भएको छ ।
विभागले सूचना जारी गरेर १७ गतेदेखि विभागको सिस्टममा समस्या आएर राहदानी छपाई तथा वितरण कार्य अवरुद्ध भएको जनाएको छ । विभागले पूर्ण रुपमा काम सुचारु हुन केही समय लाग्ने भन्दै मोबाइलमा एसएमएस÷म्यासेज हेरेर मात्र विभागमा आउनु समेत अनुरोध छ ।
उप तथा गृहमन्त्रीले व्यवस्थापन सहज बनाउन निर्देशन दिएको हप्ता दिन बित्न नपाउँदै सेवा नै ठप्प भएपछि अहिले सामाजिक सञ्जालमा गृहमन्त्रीलाई समेत जोडेर व्यापक चर्चा छ ।
गृहमन्त्रीले अनुगमन गरेपछि राहदानी विभागको काम झनै ठप्प
Comments