लगातार महंगिदै गएको सुनको भाउ ८ दिनपछि सस्तिएको छ । पुस २२ गते शुक्रबार सुन तोलामा ८०० रुपैयाँले घटेको हो । पुस १४ गते सामान्य घटेको सुन त्यसयता लगातार वृद्धि भएको थियो ।

आज छापावाल सुन प्रतितोला एक लाख २ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख एक हजार ८०० रुपैयाँमा झरेको छ ।

बिहीबार सुन तोलामा २०० रुपैयाँले उकालो लाग्दा प्रतितोला एक लाख तीन हजार १०० रुपैयाँ पुगेको थियो । पुस महिनामा मात्र सुन २ हजार ४०० रुपैयाँले बढेको हो ।

यसैगरी, चाँदीको मूल्य भने लगातार तेश्रो दिन गिरावट भएको छ । साताको अन्तिम कारोबार दिन, चाँदी प्रतितोला २० रुपैयाँले सस्तिएर एक हजार ३६५ रुपैयाँमा कारोबार भइरेहको छ ।

अघिल्लो कारोबार दिन, पनि चाँदी तोलामा १५ रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार ३८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।