काठमाडौं । प्रभु बैंकको एटीएम, इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ सेवा आजदेखि पाँच दिनसम्म चल्ने भएको छ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडसँग मर्ज हुन लागेसँगै​ कोर बैंकिङ सिस्टममा हुने परिवर्तनका कारण प्रभु बैंककाे सेवा आज राति १० बजेदेखि मंगलबार बिहान ९:४५ बजेसम्म नचल्ने भएको हो ।

यसअन्तर्गत एटीएम, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ लगायतका सेवा बन्द रहने बैंकले जनाएकाे छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।