Friday, October 16, 2026
23.1 C
Kathmandu
Home मुख्य समाचार चीनका नयाँ राजदूत सङ काठमाडौंमा आइपुगे

चीनका नयाँ राजदूत सङ काठमाडौंमा आइपुगे

नेपालका लागि चीनका नयाँ राजदूत काठमाडौं आइपुगेका छन्। काठमाडौंस्थित चिनियाँ राजदूतावासका अनुसार नवनियुक्त राजदूत चेन सङ आइतबार काठमाडौं आइपुगेका हुन्।

काठमाडौं आएपछि राजदूत सङले नेपाल र चीनबीच ऐतिहासिक सम्बन्ध रहेको र त्यसका विभिन्न आयाम रहेको उल्लेख गरेका छन्। नेपाल-चीन सम्बन्धमा नयाँ अध्याय थप्न र दुबै देशका जनताको विकास र समृद्धिका लागि सबै पक्षसँग सहकार्य गर्न आफू तयार रहेको उनले बताएका छन्।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।