काठमाडौं २४ पुष । सिराहामा पानी सोचेर स्पिरिट खाँदा एक छात्राको मृत्यु भएको छ। मिर्चैया नगरपालिका-६ स्थित सगरमाथा उच्च माविमा अध्ययनरत १६ वर्षीया सिर्जनाकुमारी महराको मृत्यु भएको हो।

सिराहा नगरपालिका-११ भलुवाही बस्ने धर्मेन्द्रकी छोरी सिर्जनाकुमारीको उपचारको क्रममा शनिबार राति साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी जानकारी दिएको छ । सिर्जनाकुमारीको कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा मृत्यु भएको हो।

घटना गत शुक्रबार भएको हो। विद्यालयमा गएकी सिर्जनाकुमारीको पेट दुखेपछि औषधि खान खोजेकी थिइन्। सिटामोल खानेक्रममा पानी सोचेर स्पिरिट खाँदा उनी बिरामी परेकी थिइन्। तत्कालै उनलाई फुलकुमारी अस्पतालमा पुर्‍याइएको थियो।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।