प्रधानमन्त्री प्रचण्डलाई सबै ठूला दलको समर्थन

काठमाडौं २६ पुष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा नेपाली कांग्रेस, नेकपा एमाले लगायत ठूला सबै दलले विश्वासको मत दिएका छन् । नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेसँगै प्रचण्डले ठूला सबै दलको समर्थन पाएका हुन् ।

मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो । कांग्रेसले प्रतिपक्षीमा रहने गरी विश्वासको मत दिने निर्णय गरेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।