काठमाडौं २८ पुष । बिहीबार सुनको भाउ बढेको छ । पुष २८ गते, सुन तोलामा २०० रुपैयाँले महंगिएको हो । चाँदीको मूल्य भने यस दिन घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख २ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार भने सुन तोलामा ३०० रुपैयाँले सस्तिएर प्रतितोला एक लाख तीन हजार २०० रुपैयाँमा झरेको थियो । बिहीबार चाँदीको भाउ भने घटेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले गिरावट हुँदा प्रतितोला एक हजार ३६० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदीको भाउ स्थिर रहेको थियाे । हिजो चाँदी प्रतितोला एक हजार ३६५ रुपैयाँ कायम रहेको थियाे ।
Comments







