काठमाडौं २८ पुष । सात वटै प्रदेशले मुख्यमन्त्री पाएका छन् । तर, सातै वटा प्रदेशमा महिला, जनजाती तथा दलितको उपस्थिति भने शून्य बनेको छ ।
सात मध्ये ७ वटामा खस आर्य परेका छन् भने एउटा मधेसी समुदायबाट मुख्यमन्त्री बनेका छन् ।
एमालेका तर्फबाट प्रदेश नम्बर १ मा हिक्मत काकी, गण्डकी प्रदेशमा खगराज अधिकारी, लुम्बिनी प्रदेशमा लीला गिरी र सुदुरपश्चिम प्रदेशमा राजेन्द्र रावल मुख्यमन्त्री बनेका हुन् भने नेकपा माओवादी केन्द्रबाट बागमती प्रदेशमा शालिकराम जम्कट्टेल र कर्णाली प्रदेशमा राजकुमार शर्मा मुख्य मन्त्री बने । यस्तै जनता समाजवादी पार्टीबाट मधेस प्रदेशमा सरोज यादव मुख्यमन्त्री बने ।
दलहरुले मुख्यमन्त्रीमा महिला, जनजाती र दलित समुदायलाई भने प्राथमिकतामा नराख्दा ती समुदायमा मुख्यमन्त्री शून्य बन्न पुगेको हो ।