काठमाडौं २८ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद विस्तारको तयारीमा जुटेका छन् । मन्त्रिपरिषद विस्तारका लागि प्रधानमन्त्री दाहालले बुधबारदेखि छलफल थालेका छन्।

पुस २६ गते प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिएका थिए। उनलाई प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दल र स्वतन्त्र गरी २६८ जना सांसदले विश्वासको मत दिएका थिए। नेमकिपा र राष्ट्रिय जनमोर्चाका गरी २ जना सांसदले मात्रै विश्वासको मत दिएका थिएनन्।

प्रचण्ड गत पुस १० मा प्रधानमन्त्री नियुक्त भएका थिए। पुस ११ मा उनले शपथ लिएका थिए। त्यसबेला ८ जना मन्त्री बनाए पनि केही मन्त्रीको जिम्मेवारी तोकिएको छैन।

मन्त्रिपरिषद विस्तारबारे उनले सत्ता साझेदार दलका नेताहरूसँग छलफल थालेका छन् । आज सत्ता साझेदार दलको बैठक पनि आह्वान गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।