दुर्घटनामा परेको यतिको जहाजको आयू साढे १५ वर्ष

काठमाडौं पोखरामा आइतबार दुर्घटना भएको यती एयरलाइन्सको जहाज साढे १५ वर्ष पुरानो हो । उक्त जहाजले साढे १५ वर्षअघि पहिलो उडान भरेको थियो ।

जहाजबारे जानकारी दिने एयरफ्लिट्स डटनेट र प्लेनस्पटर्स डटनेटका अनुसार यतीको ९एन–एएनसी जहाजले सन् २००७ अगस्ट १७ मा पहिलो उडान गरेको हो।

विमान सुरुमा २००७ देखि भारतको किङफिसर एयरलाइन्सले चलाएको थियो। किङफिसरले २०१२ सेप्टेम्बरसम्म चलाएको थियो।

त्यसपछि सन् २०१३ अप्रिलदेखि थाइल्यान्डको नोक एयरले चलाएको पाइएको छ। २०१८ अगस्टसम्म नोक एयरलाइन्सले चलाएपछि नेपालको निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले २०१९ को अप्रिलदेखि चलाउन थालेको हो। विमानको मेनुफेक्चर्स सिरियल नम्बर ७५४ रहेको छ। यो विमान फ्रान्सेली सहर टाउलाउसमा उत्पादन भएको थियो। ६८ यात्रु र चार सदस्यीय चालक दल सवार उक्त जहाज आइतबार पोखरामा दुर्घटनाग्रस्त भएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।