निगम सुधार्न बाघको घोडा चढ्ने आँट गर्छु : पर्यटनमन्त्री

काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमको सुधार बाघको घोडा चढ्नु जस्तै भएको बताएका छन् ।

‘निगमको सुधार बाघको घोडा चढ्नु जस्तै हो, तर, म त्यो आँट गर्छु,’ उनले भने, ‘सुधारबारे छलफल अघि बढाउँछौं । विज्ञ, मन्त्रालय र जनतासँग सोधेर यसबारे निर्णय पनि लिन्छौं ।’

उनले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणलाई अगाडि बढाउने बताएका छन् । मंगलबार पर्यटन मन्त्रालयमा पदबहाली गर्दै उनले तीब्र गतिमा आयोजना निर्माण अगाडि बढाउने बताए । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल गेम चेन्जर भएको भन्दै उनले निजगढमा विमानस्थल बन्ने बताए । उनले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।