काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पुर्याउनु आफ्नो प्राथमिकता भएको बताएकी छन् ।
मंगलबार शपथग्रहणपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिमा जनताको सहज पहुँच पुर्याउने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।
सार्वजनिक संघ, संस्थानहरुलाई पनि प्रविधिमैत्री बनाउनेतर्फ आफूले ध्यान दिने मन्त्री शर्माले बताएकी थिइन् । ‘मेरो प्राथमिकता भन्दा पनि अहिले हामीले नेपाल सरकारले जुन नीति कार्यक्रमको कुरा पनि छँदैछ । हामीले सहज पहुँच, सूचना, सञ्चार र प्रविधिमा सहज पहुँच जनतामा पुर्याउने कुरा । अर्को कुरा हाम्रा उत्पादनदेखि लिएर सबै सार्वजनिक संघ, संस्थानहरुमा सूचना र प्रविधिका कुरालाई सहजतापूर्वक कसरी उपलब्ध गराउन सकिन्छ र सूचनालाई कसरी सेवाग्राहीको पहुँचमा पुर्याउन सकिन्छ भन्ने कुरालाई विशेष ध्यान दिनुपर्छ भन्ने लागेको छ । प्रविधिमैत्री देशलाई कसरी बनाउने भन्ने कुरामा ध्यान दिनुपर्दछ,’ मन्त्री शर्माले भनिन् ।