काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनाल शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बनेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दा खनाल शिक्षामन्त्री नियुक्त भएका हुन् । शिक्षा क्षेत्रको सुधार गर्ने जिम्मा अब शिशिरको काँधमा पुगेको हो ।
काठमाडौं–६ बाट प्रत्यक्ष निर्वाचित खनाल सार्वजनिक नीतिशास्त्र पढेका, माध्यमिक शिक्षाको समस्यालाई नजिकबाट बुझेका र त्यसमै काम गरेर आएका व्यक्ति हुन् ।