नेपाली बजारमा सुन र चाँदी निरन्तर दोस्रो दिन सस्तिएको छ। रेकर्ड स्तरको मूल्य पछ्याइरहेको सुन, मंगलबारदेखि सस्तिन थालेको हो। मंगलबार १०० रुपैयाँ घटेर १ लाख ५ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन, यस दिन प्रतितोला ६०० रुपैयाँ घटेर १ लाख ४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, यस दिन तेजाबी सुन प्रतितोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सुनसँगै यस दिन चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदी प्रतितोला १५ रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।