काठमाडौं । एक गायिका बलात्कार मुद्दामा अभिनेता पल शाहले अदालतबाट सफाई पाउँदा एक जना सासंदले सार्वजनिक रुपमा खुसी व्यक्त गरेका छन् ।
राप्रपा नेपालका तर्फबाट निर्वाचित सासंद ज्ञानेन्द्र शाहीले सार्वजनिक रुपमै यस्तो खुसी व्यक्त गरेका हुन् । सामाजिक संजाल फेसबुकमा पल शाहको फोटो राख्दै उनले सफाईबाट आफू अत्याधिम खुसी भएको जनाएका छन् ।
बलत्कार मुद्दामा सासंद जस्तो व्यक्तिले अत्याधिक खुसी व्यक्त गरेको भन्दै शाहीको आलोचना समेत भएकाे पाइएकाे छ । नाबालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको हाे ।
सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । नवलपुर अदालतको फैसलाविरुद्ध पलले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् ।