काठमाडौँ । मलेसियाले पाँच लाख कामदार भित्राउने भएको छ । तत्काल पाँच लाख विदेशी कामदार लिने निर्णय गरेको मलेसियाका गृहमन्त्री साइफुद्दिन नासुसन इजमाइल नेपाली कामदारको अवस्था बुझ्न आउने भएका छन् । इजमाइल फेब्रुअरी पहिलो साता नेपाल आइपुग्ने भएका हुन् ।

दुई देशबीचको श्रम सम्झौतापछि मलेसियाबाट उच्च अधिकारीको औपचारिक नेपाल भ्रमण भएको थिएन । मलेसियाले उत्पादन, निर्माण, खेती, प्लान्टेसन र सेवा क्षेत्रका लागि स्रोत देशबाट कामदार लैजान ‘फरेन वर्कर इम्प्लोइमेन्ट रिल्याक्सेसन’ योजना ल्याएको छ । मलेसियाले औद्योगिक उत्पादन, निर्माण, खेती, प्लान्टेसन र सेवालाई ‘संवेदनशील’ क्षेत्रका रूपमा लिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।