दिपक मलहोत्राले दुई करोडमा बनाएको एयरपोर्टको ट्राभलेटरमा यात्रु लडेर हैरान, अन्तराष्ट्रिय बेइज्जती

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विद्युतीय भर्याङ (ट्राभलेटर) प्रयोग गर्दा स्वदेशी तथा विदेशी नागरिक लडेर हैरानी मात्र हैन घाइते समेत हुनु पर्ने बाध्यता छ ।

राम्रोसँग इन्जिनियरिङ नगरी हेलचेक्राई गरेर अव्यावहारिक ढंगले निर्माण गरेकाले ट्रलि लिएर ट्राभलेटर प्रयोग गर्ने जो सुकै पनि त्यहाँ लड्ने खतरा छ ।
उक्त ट्राभलेटर दुई करोडमा निर्माण भएको हो । विमानस्थल व्यवस्थापक आइएमएसका अध्यक्ष दीपक मलहोत्राले उक्त ट्राभलेटर निर्माण गरेका हुन् । पैसा जोगाउन सस्तोमा बनाउने क्रममा यस्तो हुन गएको यात्रुहरु आशंका गर्छन् ।

नेपाल घुम्न आउने विदेशी पाहुना तथा पर्यटक सोही ट्राभलेटर प्रयोग गरेर आउने भएकाले पनि अहिले नेपालको बेइज्जत अन्तराष्ट्रिय स्तरमा भइरहेको जनाइन्छ । अभिनेत्री उषा रजकको ट्राभलेटर प्रयोग गर्दा आफूसहित थुप्रै लडेर झण्डै घाइते हुनुपरेको भन्दै सामाजिक सञ्जालमा भिडियो हालेको थिइन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको आगमनतर्फ तीन वटा लिफ्ट छन्। एउटा लिफ्टमा सामानसहित मुश्किलले तीन जना अटाउँने गरेका छन्। सुरुमा ६ जना अटाउने गरी इन्जिनियरिङ गरिएपनि ३ जना अट्ने बनाइएको हो । त्यसमा विमानस्थल व्यवस्थापकहरु तथा ठेकेदार तैं चुप मै चुप देखिन्छन् ।
अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो अप्ठ्यारो र जोखिमपूर्ण संरचना बनाएको भन्दै विमानस्थल र निर्माण कम्पनीविरूद्ध सर्वसाधरण आक्रोशित देखिन्छन् ।
त्यहाँका तीनवटा लिफ्ट पनि आइएमएसले बनाएको हो। कोरोनाको समय भन्दा अगाडी नै आगमन कक्ष निर्माण जिम्मा उसैले पाएको थियो।

चौतर्फी विरोध बढ्दै गएपछि अब भने १२ जना यात्रु एकैपटकमा ट्रलीसहित यात्रा गर्न मिल्ने लिफ्ट बनाउनेमा विमानस्थल व्यवस्थापक लागेको छ । अहिले लिफ्ट चढ्न एक डेढ घण्टा कुनुपर्ने हुन्छ भने ट्राभलेटर प्रयोग गर्दा लडेर ज्यानै घाइते हुने अवस्था रहेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।