भूकम्पबाट क्षतिग्रस्त धरहराको पुननिर्माण जारी रहेकै बेला तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ साल वैशाख ११ गते उदघाटन गरे । उदघाटन गरेको एक वर्ष ८ महिनापछि पनि पुननिर्माण सकिएको छैन ।

निर्माण कार्य अहिले पनि भइरहेको छ । प्रधानमन्त्रीबाट हट्ने निश्चित जस्तै बनेपछि उनले हतारमा उदघाटन गरेका थिए । धरहराको पुननिर्माण सकिएर सञ्चालन आउन यहीँ गतिमा जाने हो भने अझै वर्ष दिन लाग्ने देखिएको छ ।

महालेखाले २० औं रनिङ बिलसम्म १ अर्ब ७४ करोड ८७ लाख र मोबिलइजेशन पेश्की ६१ करोड १७ लाख तथा मूल्य वृद्धिबापत ७ करोड ५२ लाख भुक्तानी भएकोमा भौतिक प्रगति ५०.२२ प्रतिशत रहेको थियो । सोही अवधीमा तत्कालिन पधानमन्त्रीले धराहराको उदघाटन गरेका थिए ।
हाल यस्तो अवस्थामा रहेको छ धरहरा हेर्नुहोस् फोटोफिचरः

 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।