ग्लोबल आईएमई बैंकद्धारा ग्राहकका गाेप्य सूचना सार्वजनिक, लाखौं ग्राहकका व्यक्तिगत विवरण असुरक्षित

बैंकका सञ्चालक चन्द्र ढकाल र बैंकद्धारा सार्वजनिक व्यक्तिगत खाता विवरण ।

काठमाडौं । देशको सबैभन्दा ठूलो बैंक दाबी गरेको ग्लोबल आईएमई बैंकले व्यक्तिगत गोपनियतामा नै असर पर्ने गरी ग्रा हकका व्यक्तिगत विवरण सार्वजनिक गरेको छ ।

हालै संसद भवन अगाडि आफ्नै शरिरमा आगाे लगाएर आत्मदाह प्रयासपछि उपचारका क्रममा निधन भएका इलामका प्रेम आचार्यको परिवारको व्यक्तिगत विवरण ग्लोबल आईएमई बैंकमार्फत सार्वजनिक भएको हो । बैंकमा भएको रकम सम्बन्धी विवरण परिवारकै सदस्यले जानकारी माग्दा समेत दिइदैन । ग्लोबल आईएमई बैंकले भने प्रेमकी श्रीमती नानुका अधिकारीको ग्लोबल आईएमई बैंकमा रहेको रकम सार्वजनिक गरिदिएको हो ।

बैंकले नानुकाको खातामा जम्मा भएको रकम सार्वजनिक गरिदिएपछि आफूलाई मानसिक तनाब भएको भन्दै आपत्ति जनाएकी छिन् । ग्लोबल आईएमई बैंकले नानुकाको खातामा भएको रकमको स्क्रिनसट नै गरेर सार्वजनिक गरिदिएको हाे ।
ग्लोबल आईएमई बैंकका सञ्चालक व्यवसायी चन्द्र ढकाल हुन् । ढकालले शक्तिको दुरुपयोग गरेर अनाधिकृत रुपमा वन फडानी गरी चन्द्रागिरी केबुलकार, होटल सञ्चालन गरेपछि उनी विवादित व्यवसायीको रुपमा चिनिन्छन् ।

प्रेम आचार्यले आत्मदाहपूर्व लेखेको नोटमा ढकालसँग पनि समस्या सुनाएको तर सुनुवाई नभएको उल्लेख गरेका छन् । प्रेमले नाम उल्लेख गरेकाहरुको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । ढकाल पनि आत्मदाह दुरुत्साहनको विषयमा अनुसन्धानको पात्र हुन् । उनै ढकालले सञ्चालन गरेको बैंकबाट नै प्रेमको परिवारको व्यक्तिगत विवरण सार्वजनिक भएको हो ।

बैंकका कारण मानसिक तनाब उत्पन्न भयो : नानुका
बैंकले संविधानले नै व्यक्तिगत गोपनियतामा राखेको व्यक्तिगत सम्पत्ति अन्तर्गतको बैंक खाता र रकम सार्वजनिक गरेपछि मानसिक तनाब भएको नानुकाले बताएकी छिन् ।
आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाउँदै बैंक खाताको विवरण सहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा दुष्प्रचार हुँदा आफूलाई मानसिक तनाब भएको उनले बताएको राष्ट्रिय समाचार समिति (रासस) मा उल्लेख छ ।

बैंक खाताको स्क्रिीन सट सामाजिक सञ्जालमा फैलिनुका साथै विभिन्न ठाउँबाट मानसिक यातना दिने काम भइरहेको उनको बताएकी छिन् । गृहजिल्ला इलाममा श्रीमानको दाहसंस्कारको कर्ममा खटिएकी अधिकारीले खातामा जम्मा भएको रकमबारे आफू जानकार नभएको बताएकी छिन् ।

“मेरो श्रीमान्ले मलाई पैसा आवोस भन्नकै लागि त्यो कदम चाल्नुभएको होइन । अहिले उहाँको नौ दिनको दाहसंस्कार कर्ममा छु, तर सामाजिक सञ्जालमा मानसिक तनाब दिने म्यासेस र पोस्ट आइरहेका छन्, यसले मलाई अझ विक्षिप्त बनाएको छ”, उनले भनिन् ।
“मेरो खातामा पैसा हाल्न मैले कसैलाई व्यक्तिगत रुपमा आग्रह गरेको छैन । सहयोगी मनबाट सहयोग स्वरुप रकम जम्मा भएको होला, तर मलाई जथाभावी भाइरल बनाउने र दुष्प्रचार गर्ने काम भएको छ ।”

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।