बुधबार सुनको भाउ बढेको छ । माघ २५ गते, सुन तोलामा २०० रुपैयाँले महंगिएको छ । यस दिन चाँदीको भाउ भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४ हजार ८०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार भने सुनको भाउ स्थिर रहेको छ । हिजो सुन प्रतितोला एक लाख ४ हजार ६०० रुपैयाँ कायम भएको थियो । बुधबार चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले सस्तिएको छ । आज चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँमा झरेको छ । अघिल्लो दुई कारोबार दिन, चाँदीको मूल्य स्थिर रहेर प्रतितोला एक हजार ३२० रुपैयाँ कायम भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।