काठमाडाैँ- सामाजिक सञ्जालमा पछिल्लो समय गायिका एलिना चौहान रवि लामिछानेका फ्यान तथा फलाेअर्सकाे निशानामा परेकी छिन् । सानै उमेरबाट गीत गएर चर्चामा आएकी चौहान यतिबेला पूर्वउपप्रधान एवम् गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयमा विवादित बनेकी हुन्।
आइतबार प्रकाश सुवेदीको कार्यक्रम ‘द प्रकाश सुवेदी शो’ मा अन्तर्वार्ताको क्रममा बोलेकाे कुराले उनलाई यतिबेला सामाजिक सञ्जालमा गालीकाे वर्षा भएकाे हाे। पत्रकार सुवेदीकाे कार्यक्रमको ‘कसरी चिन्नुहुन्छ?’ भन्ने सेग्मेन्टमा प्रकाशले रवि लामिछानेको फोटो देखाउँदै गायिका चौहानलाई प्रश्न गर्छन्, ‘कसरी चिन्नुहुन्छ उहाँलाई?’ यसको जवाफमा उनले, ‘मैले प्रसनल्ली (व्यक्तिगत)रूपमा चिन्दिनँ भनेकी छन्?’ ‘आफूसँग भेट पनि नभएको मान्छे कसरी चिन्नू?’ भन्ने उनको अभिव्यक्ति यतिबेला उनलाई गालीको पासो भएको हो।
उनले आफूले बोलेको सोही कुराले गालीकाे वर्षा भएपछि यसमा स्पष्टीकरण पनि दिएकी छन्। जसमा उनले भनेकी छन्, ‘रवि लामिछाने दाइ राम्रो पत्रकार र राजनीतिक हिसाबले त नचिन्ने कुरै भएन। तर व्यक्तिगत रूपमा आजसम्म भेटेकी छैन। त्यसैले त्यसो भनेकी हुँ।’