भारतमा उत्पादित आइड्रपको प्रयोगले एकको मृत्यु, तीनको आँखाको दृष्टि गुम्यो

काठमाडौं । भारतीय एक कम्पनीले उत्पादन गरेको आँखामा लगाउने आइड्रप प्रयोग गर्दा एक जनाकाे मृत्यु भएको र थप तीन जनाको आँखाको दृष्टि गुमेको खुलेको छ ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) उक्त आइड्रपको प्रयोग गरे आँखाको दृष्टि गुम्नुका साथै मृत्युको समेत जोखिम हुने सीडीसीको चेतावनी छ । सीडीसीले भारतमा उत्पादित ओभर द काउन्टर आइड्रप प्रयोग नगर्न चेतावनी समेत दिएको छ । उक्त आइड्रपमा जीवाणुको संक्रमण देखिएकाले प्रयोग नगर्न सीडीसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अफ्रिकी मुलक गाम्बिया र मध्यएसियाली मुलुक उज्वेकिस्तानमा भारतीय कम्पनीको कफ सिरपको प्रयोग गर्दा बालिकाको मृत्यु भएको खुलेको हो । बालिकाको मृत्युपछि औषधि निर्माता उक्त भारतीय कम्पनीमाथि प्रश्न उठेको थियो । त्यसपछि चेन्नाईस्थित ग्लोबल फर्मा हेल्थकेयर कम्पनीबाट उत्पादित उक्त आइड्रप जाँच गर्दा जीवाणुको संक्रमण भेटिएको हो ।

अमेरिकी एजेन्सीले गरेको एक अध्ययनअनुसार भारतका १२ राज्यका ५५ जनामा आइड्रपमा जीवाणु संक्रमण भएको देखिएको छ । उक्त जीवाणु एन्टीबायोटिक औषधिका लागि प्रतिरोधी देखिएको छ । उक्त आइड्रपको प्रयोग गर्दा एक जनाको मृत्यु भएको छ भने तीन जनाले आँखाको दृष्टि गुमाएका छन् । अमेरिकी औषधि एजेन्सीले उक्त आइड्रपको प्रयोगले आँखामा संक्रमणको जोखिम मात्र नभई दृष्टिविहीन हुन सक्ने चेतावनी दिएको छ ।

नेपालमा ओभर द काउन्टर आइड्रप बिक्री हुने गरेको आशंका

अमेरिकाले ओभर द काउन्टर आइड्रप प्रयोग नगर्न चेतावनी दिएपनि नेपालमा यो आइड्रप भित्रिएको छ की छैन भन्ने एकिन भएको छैन । कतिपयले उक्त औषधी नेपालमा बिक्री वितरण भएको हुनसक्ने आशंका गरेका छन् । केहीऔषधी व्यवसायीहरुले आफैंले यो आइड्रप बिक्री नगरेपनि अन्यत्र विक्री वितरण भइरहेको हुनसक्ने आशंका गरेका छन् । नेपाल सरकारले यस विषयमा चासो देखाएको पाइएको छैन ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।