काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी पाएका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी जेलबाट रिहा भएका छन् । सरकारले शुक्रबार राष्ट्रपतिमार्फत सांसद चौधरीलाई माफी दिएको थियो । आगजनी मुद्दामा २०७० वैशाख ९ मा जिल्ला अदालत कैलालीले चौधरीलगायत अभियुक्तहरूलाई ६र६ महिना कैद सजाय सुनाएको थियो ।
अरुण चौधरी मंसिर ४ को निर्वाचनमा कैलालीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । कानुनी रूपमा फरार रहेका चौधरी माघ १९ मा बाँकेबाट पक्राउ परेका थिए । पक्राउ परेपछि कैलाली कारागार चलान गरिएका उनलाई सरकारले राष्ट्रपतिमार्फत माफी दिएको हो । प्रजातन्त्र दिवसका अवसरमा उनलाई माफी दिइएको हो । आफ्नो पक्राउविरुद्ध दिपायल उच्च अदालतमा उनले निवेदन दिएका थिए । ती निवेदनको अदालतले टुंगो लगाउन नपाउँदै राष्ट्रपतिले उनलाई माफी दिएकी हुन् ।
Comments







