काठमाडौँ — नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले नेपालमा धनी र गरिबले पाउने शिक्षा अलग–अलग रहेको भन्दै शिक्षा नीतिमा समस्या रहेको औंल्याएका छन् । उनले सरकार निरीह बन्दा शिक्षा, स्वास्थ्य र नागरिकको सरोकारका हरेक क्षेत्रमा माफिया र बिचौलियाको बिगबिगी रहेको बताए ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद भण्डारीले शिक्षा नीतिमा सुधार गरेर व्यवहारिक र रोजगारमूलक शिक्षाको व्यवस्था गर्नुपर्ने बताए ।
‘हाम्रो देशको शिक्षा नीतिमा समस्या छ । हामीसँग दर्जनौँ विश्वविद्यालय छन् । तर विश्वविद्यालयमा युवाहरू पढ्न चाहदैनन् । हामीले बनाएको शिक्षा दुई थरीको छ, धनीले निजी स्कुल पढ्छ, गरिबले सरकारी स्कुल पढ्छ, धनी र गरिबले पढ्ने स्कुल फरक छ, पाउने शिक्षा फरक छ,’ सांसद भण्डारीले भने, ‘विश्वमा यस्तो व्यवस्था अन्त कहाँ छ ? हामीले शिक्षा नीतिलाई व्यवहारिक र रोजगारमुलक किन नबनाउने ? पाठ्यक्रमलाई व्यवहारिक र हाम्रो स्रोत साधनसँग जोडेर किन लागू नगर्ने ?’

सांसद भण्डारीले देशको अब्बलकोरुपमा चिनिएको बुढानिलकण्ठ स्कुललाई देशभरि विस्तार गर्न किन नसकिएको भन्दै प्रश्न गरे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।