काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले नेपालको ठुलो जनशक्ति श्रम बेच्नका लागि विदेश पलायन भइरहेकाले त्यसलाई रोक्न बहस हुनुपर्ने बताएका छन् । स्वास्थ्य तथा प्राविधिक शिक्षा लिनकै लागि नेपालका सीमा क्षेत्रबाट ठुलो सङ्ख्यामा युवाहरू भारतका विभिन्न सहरमा गइरहेको बताउँदै मन्त्री गिरीले नेपालका लागि यो चिन्ताको विषय भएको बताएका हुन् ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को २७ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री गिरीले आफ्नै स्रोत साधनमा पनि डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मीलाई गाउँको दुरदराजसम्म पुर्याउन नसक्नु दुःखको कुरा भएको बताए । ‘जनशक्ति उत्पादन गर्ने संस्थाहरूमा बिस्तारै नियोजन गरिँदै छ । यो गम्भीर विषय हो । हाम्रो सीमा क्षेत्रमा पारी पट्टी जाने र भारतका विभिन्न सहरमा गएर स्वास्थ्य तथा प्राविधिक शिक्षा लिने नाममा धेरै विद्यार्थी त्यता गइरहेका छन् । ठुलो धनराशि खर्च भइरहेको छ । यो सबैले महसुस गरेको कुरा हो’, उनले भने ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।