काठमाडौं । छुवाछूत घटनामा कानुनविपरीत मेलमिलाप गराएर प्रहरी, प्रशासन र पालिका प्रमुखले दोषीलाई उन्मुक्ति दिएका छन् । सिद्धिचरण–४ रुम्जाटारमा शनिबार दलित समुदायलाई शिव मन्दिर प्रवेश गर्न नदिइएको घटना प्रजिअ प्रदर्शनी कुमारी, नगर प्रमुख तेजन खनाल, डीएसपी दीपकबहादुर केसी, वडाध्यक्ष रत्नबहादुर गुरुङलगायतले मेलमिलाप गराएका हुन् ।
राष्ट्रिय दलित आयोगका प्रवक्ता सुन्दर पुर्कुटीले संविधान र ऐनविपरीत मिलापत्र भएको बताए । ‘छुवाछूत घटनामा मेलमिलाप गर्ने अधिकार राष्ट्रिय दलित आयोगलाई मात्र छ, यो सरासर गलत हो,’ उनले भने ।
Comments

